देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैलेखका कोरोना सङ्क्रमित पुरुषको मृत्यु, सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४पुग्यो ।

देशान्तर

 

सुर्खेत – सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

ती पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको डाक्टर पौडेलले बताए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।

उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ