देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन साउन २६ र २७ मा

देशान्तर

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ साधारणसभा तथा अधिवेशन साउन २६ – २७ मा गर्ने निर्णय भएको छ । सोमबार बसेको महासंघ केन्द्रीय समिति बैठकले साउन अन्तिम साता चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गरेको महासंघका उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए । चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड १९ को महामारीका कारण मिति सारिएको थियो ।

जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो । साधारणसभा तथा अधिवेशन ललितपुरको हेरिटेज गार्डेनमा गर्नेसमेत निर्णय भएको छ । महासंघको विधानले निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षलाई तोकेको छ । विशेष परिस्थितिमा कार्यकाल ३ महिना सम्म मात्रै लम्ब्याउन सकिन्छ । म्याद अवधि सकिएको तिन महिना सकिएपछि कार्यसमिति वैधानिक हुन सक्दैन ।

तर कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्दै साउन अन्तिममा निर्वाचन गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।