देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनले बैंककमा रोकिएकी हिमानी शाह ‘उद्धार’ उडानबाट स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । तीन महिनादेखि थाइल्याण्डमा रहेकी पूर्व युवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छिन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै रोकिएकी थिइन् ।

नेपाल एयरलाइन्सको विमानले आज थाइल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । छोरासहित हिमानी शाह फर्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि पुष्टि गरे ।

दिउसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिएका छन् ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको जनाइएको छ । थाइल्याण्डमा बस्दा हिमानीले छोरीहरुसँग नाचेको टिकटक भिडियो भाइरल बनेको थियो ।