देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाल्पा पहिरो अपडेट : मृतकको संख्या चार पुग्यो

देशान्तर

पाल्पा । तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो ।

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् । झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताए ।