देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको स्थायी समिति बैठक बस्दै

देशान्तर

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, लेखा समिति र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति रहनेछ ।
स्थायी कमिटी बैठकको तयारीका लागि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँग समेत भेटवार्ता गरेको जनाइएको छ ।