काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक आउँदो शुक्रबार १२ गते बस्नेछ ।
आजको बैठकले पर्सीको लागि अध्यक्षद्वयले प्रारम्भमा मन्तव्य दिने, कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, एमसीसी, सरकार र पार्टीको कामको समिक्षा र विविध विषयका एजेण्डा पनि तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा अमेरिकी नियोगको सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० को बारेमा निर्णय हुने भनिए पनि त्यसबारेमा छलफल नै नभएको नेताहरुले बताएका छन् ।





प्रतिक्रिया