देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

देशान्तर

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ बर्षिय संक्रमित पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी गत असार आठ गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारको क्रममा मृत्यु हुने उनी दोस्रो संक्रमित हुन् ।

यसअघि कोरोना संक्रमणबाट १६ जिल्लाका १९ पुरुष र पाँच महिलाको मृत्यु भैसकेको छ । कैलाली र गुल्मीका तीन–तीन जना जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका दुई दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा , बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।