चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालले आज बिहान सूचना निकालेर असार दश गते गरिएको पीसीआर परीक्षणमा ९३ जनामा संक्रमण देखिएको जनाएको छ ।
पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमूना परीक्षणका लागि भरतपुर ल्याइएको थियो । प्रयोगशाला सञ्चालन पछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यसअघि जेठ २६ मा एकै दिन तीस संक्रमित फेला परेका थिए ।





प्रतिक्रिया