कास्की । गण्डकी प्रदेशमा थप १ एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आइसियूमा उपचारत बिरामीको गयराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।
स्याङ्जा सिरुवा घर भएका ५५ वर्षीय पुरुष असार ८ गते अस्पताल भर्ना भएका थिए। उनमा कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालका अनुसार कोरोना संक्रमण देखिएर अपचारको क्रमममा सो अस्पतालमा मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्। यो संगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।





प्रतिक्रिया