युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार दुई जहाजमा गरी ३४६ नेपाली स्वदेश फर्किएका छन्।
फ्लाई दुबईको उडान नम्बर एफ जी ९८६२७०मार्फत युएईको दुबई विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८स्०० बजे एक सय ८९ जना स्वदेश फर्किएका छन्। आजै बिहान हिमालय एयरलाइन्सको उडान न एच–९ ९५६७२० मार्फत पनि युएईको आबुधावीबाट एक सय ५७ जना नेपाली स्वदेश फर्केका छन्।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागीर गुमेका पीडितहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। फ्लाई दुबईको उडानबाट नेपाल फर्कने यात्रुहरुको कोरोना परीक्षण नभएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए।आजै आबुधावीबाट हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका नेपालीहरुको भने विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।
उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका प्रतिनिधि विमानस्थल पुगेका थिए। साथै गैरआवासीय नेपाली संघ ९एनआरएनए० मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।
हिजो यूएईबाट हिमालयन एयरलाइन्स उडान न एच–९ ९५६७२० मार्फत युएईको आबुधावीबाट १ सय ५१ जना स्वदेश फर्किएका थिए।





प्रतिक्रिया