देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

देशान्तर

काठमाडौं, नेपालमा पछिल्ले २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

योसँगै नेपालमा ११ हजार १६२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्। योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्