देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आत्महत्या गरेका दैलेखका २१ वर्षीय युवकमा कोरोना पुष्टि

देशान्तर

सुर्खेत । असार ९ गते आत्महत्या गरेका दैलेखका २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । दुल्लु नगरपालिका–१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेठ ११ गते भारतबाट दैलेख आइपुगका युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।

योसँगै दैलेखमा कोरोना संक्रमिमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । कर्णालीमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि सुर्खेतमा दुई, दैलेखमा दुई र डोल्पामा एकजनाको मृत्यु भइसकेको छ।

मृत्यु भएका ६ जनामध्ये ५ जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । एकजनामा मृत्युअघि नै संक्रमण पुष्टि भएको थियो ।