नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा संक्रमण देखिएको हो ।
तनहुँका २, स्याङजाका १, बाग्लुङका १ र नवलपरासी पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।





प्रतिक्रिया