देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष ओली अनुपस्थित

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । पार्टीभन्दा पनि अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उसो त वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै मन्तव्य राखिसकेका छन् ।

आजदेखि बाँकी सदस्यहरुले आफ्ना धारणा राख्‍नेछन् । कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई बैठकमा एजेन्डाका रुपमा राखिएको छ । पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ । नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन् ।