काठमाडौ – कैलालीका थप एक जना कोरोना सङक्रमितको मुत्यु भएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा मुत्यु भएको अस्पतालले जनाएको छ ।
उनी क्यान्सरको बिरामी थए । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।
योसँगै कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको ज्यान गएको छ । सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको सङख्या ६ पुगेको छ भने देशभर कोरोनाको कारण २८ जनाले ज्यान गुमाएका छन् ।





प्रतिक्रिया