देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज असार १५, राष्ट्रिय धान दिवस, दहि चिउरा खाइने

देशान्तर

मानाे खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई आज नेपालभर धान दिवस, रोपाइँ जात्रा मनाइँदै छ । आजको दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यसअघि आ–आफ्नै परम्परा अनुसार रोपाइँ महोत्सव हुने गरेका थिए ।

तर यसपटक विश्वमा फैलँदै गएको कोरोना संक्रमणका कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो  । धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि नाराका साथ सुरु हुन गइरहेको १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने छ ।

ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७ औँ रोपाइँ महोत्सवको आयोजना हुँदै छ । नेपालमा बार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ । यो मुलुकको आवश्यकता भन्दा पाँच लाख मेट्रिक टन कम हो । नेपालले प्रतिवर्ष ३० अर्बको चामल आयात गर्दै आएको छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् ।