देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतककाे संख्या २९ पुग्यो

देशान्तर

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोभिड १९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।

अस्पताल स्रोतका अनुसार उनी दमको रोगी थिए । ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।