देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

देशान्तर

काठमाडौं । सोमवार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् ( क्याबिनेट )  बैठक बस्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनाइएको उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठक जारी छ ।

सिसिएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद बैठकमा सिफारिस गर्ने सम्भावना रहेको बताइएकाे छ ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेसम्म सीमा नाका र हवाईसेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।