देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साउन ७ सम्म लकडाउन जारी रहने

देशान्तर

सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । साेमबार राति बसेकाे मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

उनले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताइन् ।

साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उनले बताइन् ।