देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

सरकारका कामकारवाही, ओलीको अभिब्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गरेकन थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बुझिएको छ ।