देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगञ्जमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

देशान्तर

वीरगञ्ज । मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी)  खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी राष्ट्रघाती रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’,लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । एमसीसीविरुद्धको ¥याली माईस्थानबाट घण्टाघरसम्म पुगेको थियो । सरकार एमसीसी सम्झौता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।