काठमाडौँ – वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र एउटा झुण्ड कुशिनगरबाट चम्पारण जिल्ला तर्फ उडेको जानकारी प्राप्त भएको केन्द्रले जनाएको छ । सो सलहको झुण्ड नेपाल हुँदै दार्जिलिङ्ग र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान रहेको छ ।
नेपालमा अहिले अरेबियन सागरबाट बहने पश्चिमरदक्षिण–पश्चिमी मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै सतहमा पूर्वीरदक्षिण–पूर्वी वायुको प्रभाव छ । अबको तीन दिन देशभरी सोही वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पूर्वानुमान रहेको छ ।
यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ ।





प्रतिक्रिया