देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट दुईको मृत्यु

देशान्तर

बनेपा । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोबद्र्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । घटनापश्चात चालक टिपर छोडेर फरार भएको र खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ ।