काठमाडौँ । काठमाडौँको एक पुराना विद्यालयमा पर्ने गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले शैक्षिकस्तर उकास्ने ध्येयले पूर्वविद्यार्थी समाज गठन गरेका छन् । पूर्वविद्यार्थीको आजको भेलाले पहिलो समूहमा प्रवेशिका उत्तीर्ण भएका त्रिलोचन पौडेलको संयोजकत्वमा कार्य सञ्चालन समिति गठन गरेको हो ।
समितिले निकट भविष्यमै कार्यसमितिको विस्तार गरी भाबी कार्यक्रम तय गर्नेछ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले विद्यालयलाई नमूना सामुदायिक विद्यालय बनाउने योजना सुनाए । भने व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वविद्यार्थी दीपक रिसालले विद्यालयलाई आफ्नो र पूर्वविद्यार्थीको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।
पूर्वविद्यार्थी पत्रकार यादव देवकोटाले हरेक व्यक्तिले परिवारका एकजना सदस्य सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता जनाए स्वतः स्तरवृद्धि हुने सुझाव दिए । विसं २००७ सालमा स्थापित सोे विद्यालयमा हाल ९९३ विद्यार्थी छन् । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन, होटेल व्यवस्थापन र मानविकी तथा प्राविधिक शिक्षातर्फ सिभिल इञ्जिनियरिङ अध्यापन भइरहेको छ ।





प्रतिक्रिया