देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घाइते वडाध्यक्ष डाँगीलाई काँग्रेस सचेतक देवकोटाले भेटिन्

देशान्तर

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेस राष्ट्रिय सभाकी सचेतक अनिता देवकोटाले जानकारी लिएकी छिन् ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत डाँगीको अवस्था बुझ्न शुक्रबार विहान पुगेकी थिइन् ।

डाँगीको स्वास्थ्यमा क्रमिक सुधार आएको देबोटाले जानकारी दिइन् । वडाध्यक्ष डाँगीलाई कार्यालयमा बसिरहेको अवस्थामा विप्लव समूहका व्यक्तिहरुले आक्रमण गरेका थिए ।

डाँगीलाई आक्रमण गरेको अभियोगमा तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीले शान्तिनगर गाउँपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर–५ बस्ने २९ बर्षीय अर्जुन शाही, शान्तिनगर–२ निवासी इन्द्रबहादुर वली र शान्तिनगर–३ भलानेटी बस्ने रेशमबहादुर विकलाई पक्राउ गरेको हो ।