देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

देशान्तर

काठमाडौं । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ ।

बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।