काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को नेतृत्वलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न निर्देशन दिएका छन् । । उनले शहरमा बसेर झगडा गर्नुभन्दा जिल्ला गएर संगठन बनाए पार्टीको हित हुने बताए ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमा सभापति देउवाले जिल्ला गएर संगठन बिस्तार गर्न निर्देशन दिएका हुन् ।
सभापति देउवा नेविसंघको नेतृत्वप्रति निकै आक्रोशित पोख्दै आफू नेविसंघको सभापति भएरै मुलुकको चारपटक प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिलेकै अवस्थामा नेविसंघका नेता कार्यकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेतासमेत बन्न नसक्ने बताए ।।





प्रतिक्रिया