देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङमा पोखरीमा डुबेर दुई युवकको मृत्यु

देशान्तर

काठमाडौ । मोरङको जहदा गाउँपालिका ३ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो १ बजेतिर स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका १८ वबर्षीय दिनेश राजवंशी र २० वबर्षीय रिक्की राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रिक्कीको पोखरीमा नै मृत्यु भएको र दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।