काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको निर्णायक भनिएको वार्ता सकिएको छ।
पार्टीभित्र तीव्र विवाद देखिएर फुटकै संघारमा पुगेको बेला दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मध्यान्न १२ बजेदेखि ३ बजेसम्म वार्ता भएको हो। अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीचको छलफल सकिएको जानकारी दिए।
दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। बैठकमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखे पनि कुनै सहमति भने नभएको एक नेताले बताए।





प्रतिक्रिया