देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीमा जीपको ठक्करबाट एकजनाको मृत्यु

देशान्तर

भजनी । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भजनी – ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो । जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।