देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरमा १० वर्षीय बालिका मृत भेटिईन, एक ‘आघोरी बाबा’ पक्राउ .

देशान्तर

काठमाडौ – जनकपुरधाममा एक १० वर्षीय बालिका मृत  अवस्थामा फेला परेकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शव फेला परेको प्रहरीले जनाएको छ . स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन्। प्रहरीले घटनास्थललाई सिल गरेको छ।

खेतमा धानको विउ रोपिरहेका एक किसानले दुधमती नदीको किनाराबाट गन्ध आएपछि हेर्न जादाँ सो बालिकाको शवलाई देखेर प्रहरी र स्थानीवासीलाई खबर गरेका थिए।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका अबेर रातिसम्म घर नफर्किँदा गाउँभर खोज्दा पनि नभेटिएपछि बालिकाका परिवारले बिहीबार विहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए। शुक्रबार बालिकाको शव फेला परेको हो। यता प्रहरीले घटनाबारे अनुसन्धान गर्ने क्रममा स्थानीयवासीहरुको आशंकामा एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।