देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्जिनियरविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

इन्जिनियर आचार्यले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले शुक्रबार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सेवा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्म २ करोड ७ लाख ७९ हजार ९८६ रुपैयाँ आर्जन गरेको देखिएपनि लगानी र खर्च भने ५ करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ देखिन आएकोले उनले ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ । सवओभरसियर पदमा २०४१ साल असोज १२ गते उनी अस्थायी नियुक्ति लिएर सरकारी सेवामा प्रवेश गरेका थिए । ०४३ साल असार २१ ओभरसियर पदमा स्थायी नियुक्ति पाएका उनी ०६४ साल माघ १ गते इन्जिनियर पदमा पदोन्नति भएका थिए ।

अनुसन्धानको क्रममा इन्जिनियर अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा लगानी गर्नुका साथै स्रोत नखुलेको रकमहरु समेत अस्वभाविक मात्रामा बैङ्किङ कारोबार तथा विभिन्न बैङ्कमा रकम जम्मा गरी शेयर लगानी गरेको देखिन आएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

स्रोत नखुलेको सम्पत्ति इन्जिनियर अर्यालले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उनको श्रीमतीलाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।