देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लागुऔषधसहित दुई पक्राउ

देशान्तर

सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध लागुऔषधसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ । उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी बरामद गरिएको छ ।