देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बझाङमा पहिरोले १७ घर बगायो, कम्तिमा ७ जना बेपत्ता

देशान्तर

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गए राति पहिरोले डेढ दर्जन घर बगाएको छ।

पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बमले जानकारी दिए ।

स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सात जना बेपत्ता भएका जानकारी दिएका छन्। घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको छ ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना घटनास्थलतिर जाँदै छन्।’