देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।

अस्पतालका निर्देशक डाक्टर पौडेलका अनुसार रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो। उनले भने, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो ।

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो। अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताए।