देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६ महिनापछि रसुवागढी नाका एकतर्फी सञ्चालनमा

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नेपाल(चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताए । नेपालबाट हुने निकासी र मानवीय ओहोरदोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ ।

सोमबार चीनतर्फ लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरू नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।