देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी समिति बैठक शुक्रबारसम्मका लागि स्थगित

देशान्तर

सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आजपनि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताउँदै पुष्पकमल दाहाल प्रचरण्ड र माधबकुमार नेपाल पक्ष एक मत भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्ने अडान राखेपछि स्थायी समितिको बैठक लगातार स्थगन हुँदै आएको छ ।

सोमबारका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । आज पनि बैठक बस्न नस्ने भएपछि २६ गते शुक्रबारसम्मका लागि वैठक स्थगित गरिएको छ ।

अब शुक्रबार विहान ११ बजे बस्नेगरि आजको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।