देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस नेतृ राणाद्वारा तीन जिल्लालाई स्वास्थ्य सामग्री प्रदान

देशान्तर

पर्वत । नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिन्। नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सिसिएमसी)लाई हस्तान्तरण गगरेकी छिन् ।

सिसिएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पिपिई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० पिस एम ९५ माक्स रहेको छ । ती स्वास्थ्य सामग्री झण्डै रु दुई लाखबराबरको रहेको बताइएको छ ।

सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए । नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना विरुद्धको अभियानमा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएकामा नेतृ देउवाप्रति आभार व्यक्त गरे । ती स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएकोे गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए । अध्यक्ष मल्लले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघि नै सहयोग पनि गरिसकेकी छिन् ।