देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने

देशान्तर

काठमाडौं । बीपी विचार राष्ट्रिय समाजले ३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने भएको छ ।

समाजको आज केन्द्रीय कार्यालय चण्डोलमा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आगामी साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर ३८औँ बीपी स्मृति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको समाजका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले जानकारी दिए ।