देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा पहिरो खस्दा ४ को मृत्यु, ७ घाइते

देशान्तर

पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पुर्‍याएको छ ।

उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए। राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए ।

अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।