काठमाडौँ । सरकारले नेपालमा भारतीय समाचार च्यानलको प्रशारण रोक्ने निर्णय गरी सरकारलाई सहयोग गरेको भन्दै डिजिटल केबल सेवा प्रदायकहरूलाई धन्यवाद दिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डिजिटल केवल सेवा प्रदायकलाई धन्यवाद दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी तथा नेपाल र चीन सम्बन्धलाई लिएर केही भारतीय टेलिभिजनहरूले प्रशारण गरेका सामग्रीप्रति असन्तुष्टि बढेपछि बिहीबारदेखि भारतीय च्यानल बन्द गरिएका थिए ।
मन्त्रालयले विज्ञप्तिमा धन्यवाद दिदै भनेको छ, ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रशारण गर्ने कतिपय भारतीय संचारमाध्यमहरूको प्रशारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केलब सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रशारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ । आगामी दिनमा समेत सरोकारवालाहरूबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गर्दछ ।’
भारतीय संचारमाध्यमले प्रधानमन्त्री ओलीका बारेमा प्रशारण र प्रकाशन भएका भारतीय संचारमाध्यमका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।





प्रतिक्रिया