काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो ।
असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा। मुकुन्द राज जोशीले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।
श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो । नेपाली सेनाको टोलीले आज विहान उनको शव व्यवस्थापन गरेको छ ।





प्रतिक्रिया