देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका

देशान्तर

काठमाडौ । कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएका एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।

कतार एयरवेयजबाट काठमाडौं आएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सीधै क्वारेन्टिन लगिएको हो । क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।