काठमाडौ । सुर्खेतमा हिराहतमा रहेका एक जना थुनावामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएको हो ।
थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ ।
संक्रमित पुरुषको आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएकोमा तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।





प्रतिक्रिया