देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्धनको मूल्य वृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएको छ ।

कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

लकडाउनको तीन महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरिने गलत भएको भन्दै आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिइएको भट्टराईले बताए ।