देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङमा फेरि पनि सलहको हुल भित्रियो

देशान्तर

काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं। २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।

पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् । किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका बासुदेव न्यौपानेले बताए । यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् ।