काठमाडौं । उपत्यकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंका पाँच र ललितपुरका एक जना रहेका नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।
भक्तपुरमा भने आज संक्रमित फेला परेका छैनन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन्।
उनका अनुसार आइतबार कोरोनालाई जितेर १४७ जना घर फर्किएका छन्। त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ।





प्रतिक्रिया