सुर्खेत । कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई-दुईजना र जाजरकोट र बाँकेका एक-एकजना रहेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।
यस्तै, रुकुम पश्चिमको रानीभेरी गाउँपालिका-३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका-७ र बाँकेको सीतापुर-४ का एकरएकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ ।





प्रतिक्रिया