देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपी स्मृति दिवस मनाउन तरुण दलको परिपत्र

देशान्तर

काठमाडौं । नेपाल तरुण दलले बी.पी. कोइरालाको ३८औं स्मृति दिवस साप्ताहिकका रुपमा ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले एक परिपत्र जारी गर्दै सबै जिल्ला समितिहरुलाई महामानव वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवस यहि मिति २०७७ श्रावण ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपशिलका कार्यक्रमहरु गरी/गराई मनाउन निर्देशन दिएका छन् ।

परिपत्रमा जनाइएअनुसार कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरुलाई सहभागी गराउन, वी.पी. स्मृति दिवस वृक्षारोपण, सरसफाई, रक्तदान, फलफुल वितरण, अन्तरक्रिया जस्ता रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गर्न, कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टाइनहरुमा सरसफाई, शुद्ध खानेपानी वितरण जस्ता कार्यहरु गर्ने/गराउने र यस सम्बन्धि सचेतना फैलाउन, स्थानीय प्रशासन एवं निकायहरु सँग समन्वय गरी बाढी पहिरो प्रभावित जिल्लाका साथीहरुले बाढी पहिरो पिडित जनताहरुलाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहन, कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सजगता, प्राकृतिक विपद र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्न, वी.पी. स्मृति दिवस भव्य र व्यापक रुपमा मनाउन परिपत्र गरेको हो ।

जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरुलाई परिपत्र गरी निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।