देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाउन्नेकाे पहिराेले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

देशान्तर

नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै दाउन्नेको उकालोमा पहिरो खसेको हो ।

विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । विहान चार बजेतिर पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुर्‍याएको छ ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।